
एजेन्सी । संयुक्त राष्ट्रसंघको वातावरण कार्यक्रम युनेपले विश्वमा ग्लोबल वार्मीङको समस्या बिकराल बन्दै गएको चेतावनी दिएको छ ।
उसका अनुसार कार्बन उत्पादन घटाउन देशहरुले तय गरेको लक्ष्यभन्दा हासिल गरिएको परिणाम ज्यादै न्युन छ । यही अवस्था रहिरने यो भने यो शताब्दीको अन्त्यसम्म विश्वको तापमान बृद्धीदर १ दशमलव ५ प्रतिशतभन्दा तल राख्न संभव छैन ।
अहिलेको परिणामहरुलाई विष्लेषण गर्दा यो दर २ दशमलव ७ प्रतिशतभन्दा माथि पुग्ने उसको चेतावनी छ । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले तापमान दर उच्च रहेकाले ठोस कदम चाल्न विश्व एकजुट नभए भयावह स्थिती निम्तने बताएका छन् ।
प्रतिक्रिया दिनुहोस्