१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


१९ महिनापछि अष्ट्रेलियामा विदेश यात्राको प्रतिबन्ध हटाइने


0
Shares

एजेन्सी । अष्ट्रेलियाले १९ महिनापछि आफ्ना नागरिकहरुलाई समुद्रपार यात्राको प्रतिबन्ध हटाउने भएको छ ।

कोरोना महामारीका कारण अनुमति विना समुद्रपार यात्राका लागि लगाइएको प्रतिबन्ध आगामी सातादेखि हटाउने निर्णय अष्ट्रेलिया सरकारले गरेको हो ।

आगामी नोभेम्बर १ देखि कोरोनाको पूर्ण खोप लगाएका कुनै पनि अष्ट्रेलियन नागरिकले विदेश यात्राका लागि अनुमति लिनु पर्ने छैन । तर अष्ट्रेलियामा बस्ने विदेशी नागरिकहरुको हकमा भने अहिले नै उक्त प्रतिबन्ध हट्ने छैन ।

तर सन् २०२१ को अन्तसम्ममा विदेशी दक्ष कामदारलाई पनि स्वागत गर्ने तयारीमा आफूहरु रहेको अष्ट्रेलियाका गृहमन्त्ती करेन एन्ड्रूजले बताएका छन् । खोप नलगाएकाहरुको हकमा भने कोभिड नियन्त्रण सम्बन्धि सवै शर्तहरु लागू हुने जनाइएको छ ।