
काठमाडौं । तीनदिनदेखि बढिरहेको सुनको मूल्य आज (बुधबार) तोलामा ६ सयले घटेको छ ।
हिजो ९२ हजार ६ सयमा कारोबार भइरहेको सुनको मूल्य आज तोलामा ६ सयले घटेर तोलामा ९२ हजारमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । अन्तर्राष्ट्रिय बजारमा पनि सुनको मूल्य घटेसँगै स्थानीय बजारमा पनि सुुनको मूल्यमा कमी आएको हो ।
यस्तै, आजै चाँदीको मूल्यमा पनि कमी आएको छ । चाँदी तोलामा १५ रुपैयाँले कमी आई १२ सय ५० रुपैयाँ प्रतितोलामा कारोबार भइरहेको महासंघले जनाएको छ ।
चाडपर्व लाग्न थालेसँगै सुनचाँदीको कारोबार बढेको महासंघले जनाएको छ । अन्तर्राष्ट्रिय बजारमा यतिबेला सुन प्रतिऔंस १७ सय ९० डलर र चाँँदी प्रतिऔंस २४ डलर हाराहारीमा कारोबार भइरहेको छ ।
प्रतिक्रिया दिनुहोस्