
काठमाडौं । बागमती प्रदेशका प्रदेश प्रमुख यादवचन्द्र शर्माले मुख्यमन्त्रीमा दावी पेश गर्न राजनीतिक दलहरूलाई आह्वान गर्नुभएको छ ।
बुधबार प्रदेश प्रमुखको कार्यालयले विज्ञप्ति जारी गदैै संविधानको धारा १ सय ६८ को उपधारा २ बमोजिम दुई वा दुई भन्दा बढी दलहरूको समर्थनमा बहुमत प्राप्त गर्नसक्ने सभाका सदस्यालाई दाबी पेश गर्न आह्वान गरेको हो ।
कार्यालयले बिहीबार दिउँसो ३ बजेसम्मको समयसीमा दिएको छ ।
योसँगै बागमती प्रदेशमा नेकपा (एकीकृत समाजवादी)का राजेन्द्र पाण्डेले भोलि नै नियुक्ति र सपथग्रहण गर्नुहुनेछ । उहाँलार्ई नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र) र जनता समाजवादी पार्टी (जसपा)को समर्थन रहेको छ ।
प्रतिक्रिया दिनुहोस्