
काठमाडौं । काठमाडौंमा हस्तकला व्यापार मेला तथा कला प्रतियोगिताको १८औं संस्करण हुने भएको छ ।
हस्तकलाको प्रवर्द्धन गर्ने उदेश्यले नेपाल हस्तकला महासंघले आगामी मंसिर ३ देखि ५ गतेसम्म प्रतियोगिताको आयोजना गर्न लागेको हो ।
क्रेता र विक्रेतालाई एकै ठाँउमा राखी स्वेदशी उत्पादनबारे जानकारी दिनुका साथै नयाँ उद्यमीलाई बजार पहुँचको अवस्था सिर्जना गर्नका लागि पनि यस्तो मेलाको आयोजना गर्दै आएको महासंघका उपाध्यक्ष रविन्द्र शाक्यले बताउनुभयो ।
वार्षिक अर्बाैंको निर्यात गर्ने र लाखौंको रोजगारी दिएको यो क्षेत्रलाई राज्यले नीतिमा भने सहजीकरण नगरेको शाक्यले गुनासो गर्नुभयो । देशैभरीका उत्पादनको प्रतिनिधित्व हुने मेलामा हस्तकलाका सामग्रीका १ सय २० स्टल रहने जनाइएको छ ।
मेलाको १ लाख बढिले अवलोकन गर्ने आयोजकको विश्वास छ । स्वदेशी बजारमा मात्रै वार्षिक १२ अर्ब बराबरको व्यापार हुँदै आएको हस्तकला क्षेत्रले ८ लाख बढी रोजगारी सिर्जना गरेको महासंघको दाबी छ ।
प्रतिक्रिया दिनुहोस्