
काठमाडौं । सर्वोच्च अदालतमा बिहीबार कुनै पनि इजलास बसेन ।
सर्वोच्च अदालतका पूर्वन्यायाधीश भैरवप्रसाद लम्सालको निधन भएका कारण कुनै पनि इजलास नबसेको हो ।
प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाले इलजास तोकेर आफ्नो एकल इजलासमा ३० वटा मुद्दा राखेकोमा शोकका कारण उक्त इजलास पनि स्थगित भएको हो ।
इजलास नबसे पनि प्रधानन्यायाधीश राणा विरुद्ध एकजूट भएका अन्य न्यायाधीशहरूबीच छलफलले निरन्तरता पायो ।
दिवंगत पूर्व न्यायाधीश लम्सालप्रति श्रद्धाञ्जली व्यक्त गर्न केही समयको लागि भने पूर्ण बैठक (फूलकोर्ट) बसेको थियो ।
प्रतिक्रिया दिनुहोस्