१० बैशाख २०८२, बुधबार | Wed Apr 23 2025


डिलाशैनीको विकासका लागि प्रधानमन्त्रीसमक्ष १३ बुदे माग


0
Shares

काठमाडौं । बैतडीको डिलाशैनी गाउँपालिकाको विकासका लागि प्रधानमन्त्री शेरबहादुर देउवालाई विभिन्न १३ बुदे माग बुझाएका छन् ।

माग पुरा गर्न मागहरु सम्बोधन गरिदिन प्रधानमन्त्रीलाई अनुरोध गरिएको नेपाली कांग्रेस डिलाशैनी गाउँकार्यसमिति सभापती जयानन्द जोशीले जानकारी दिनुभयो । गोकुलेश्वर कृषि तथा पशु विज्ञान कलेज गोकुलेश्वर बैतडीलाई त्रि.बि. को आगिंक क्याम्पस बनाउन र सेटिगाउँ बहुमुखी क्याम्पसलाई सुदूरपश्चिम विश्वविद्यालयको आगिंक क्याम्पस बनाउन माग गरिएको छ ।

यस्तै, डिलाशैनीभरी विद्युतिकरण र सञ्चार सेवा विस्तार, वडा नम्बर २ वा ३ मा स्नातक तहको प्राविधिक कलेज स्थापना, विभिन्न सडकखण्डहरुको स्तरोन्नती, तटबन्ध निर्माण, सिचाई नहर, पहिरो नियन्त्रण, खानेपानी आयोजना सञ्चालन लगायतका विभिन्न मागहरु पेश गरिएको जोशीले बताउनुभयो ।