२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


विश्वकप क्रिकेटमा आज दुई खेल हुँदै


0
Shares

एजेन्सी । आईसीसी टी–ट्वान्टी विश्वकप क्रिकेटमा आज दुई खेल हुँदैछन् । दुबईको सारजाहमा अपराह्न पौने ४ बजे हुने पहिलो खेलमा दक्षिण अफ्रीका र श्रीलंकाबीच प्रतिस्पर्धा हुनेछ ।

समूह १ मा रहेका दुबै टोली आज दोस्रो जितको खोजीमा हुनेछन् । दक्षिण अफ्रीका २ खेलमा २ अंक जोडेर तेस्रो स्थानमा रहेको छ । श्रीलंका २ अंकसहित चौंथो स्थानमा रहेको छ ।

यस्तै आज राति पौने ८ बजे हुने दोस्रो खेलमा दुई उपाधि दाबेदार इंग्ल्यान्ड र अष्ट्रेलियाबीच प्रतिस्पर्धा हुनेछ । समूह १ मा रहेका इंग्ल्यान्ड र अष्ट्रेलिया तेस्रो जितको खोजीमा रहेका छन् ।

दुबै टोलीले अघिल्ला दुई खेलमा जित निकालेका थिए । इंग्ल्यान्ड २ खेलमा ४ अंक जोडेर शीर्ष स्थानमा रहेको छ । अष्ट्रेलिया ४ अंकसहित दोस्रो स्थानमा रहेको छ । दुई टिमबीचको पहिल्लो पाँच भेटमा इंग्ल्यान्डले तीन खेल जितेको छ । अष्ट्रेलियाले दुई खेल जितेको छ ।