
फाइल तस्बिर
काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले न्यायालयमाथि हस्तक्षेप गरेको आरोप लगाउनुभएको छ ।
शनिबार विराटनगरमा आयोजित कार्यक्रममा बोल्दै नेपालले आफूविरुद्ध परमादेश दिने पाँच न्यायाधीशले राजीनामा दिनुपर्छ भन्ने ओलीको अभिव्यक्ति न्यायालयमाथिको हस्तक्षेप भएको बताउनुभयो ।
न्यायपालिकाकाले संसद विघटनका दुवै विषयमा ऐतिहासिक निर्णय गरेकाले त्यसैको रिस पोख्नका लागि ओलीले पाँच न्यायाधीशको राजीनामा मागेको अध्यक्ष नेपालले बताउनुभयो ।
प्रधानन्यायाधीशलाई महाअभियोग लगाउनेबारे पार्टी र गठबन्धनमा कुनै छलफल नभएको उहाँको भनाइ छ ।
प्रतिक्रिया दिनुहोस्