
काठमाडौं । कमलाक्षी युवा समूहले ५० पटकभन्दा बढी रक्तदान गर्ने व्यक्तिलाई सम्मान गरेको छ ।
समूहले शनिबार काठमाडौंमा एक कार्यक्रम गर्दै ५० तथा १ सयभन्दा बढीपटक रक्तदान गर्ने व्यक्तिलाई प्रमाणपत्र र डोनर पिन सहित सम्मान गरेको हो ।
१ सय १४ पटक सम्म रक्तदान गरेका केशव श्रेष्ठले रक्तदान गर्दा स्वास्थ्यमा समेत सकरात्मक सहयोग पुग्ने भन्दै अरुलाई पनी रक्तदान गर्न आह्वान गर्नुभयो ।
समूहले २०४९ साल यता रक्तदान गर्दै आइरहेको छ ।
प्रतिक्रिया दिनुहोस्