
काठमाडौं । टी–२० विश्वकप क्रिकेटमा दक्षिण अफ्रिकाको लगातार दोस्रो जित निकालेको छ ।
शनिबार भएको खेलमा श्रीलंकाले दिएको १ सय ४३ रनको लक्ष्य १ बल बाँकी छँदै ६ विकेट गुमाएर पूरा गरेर दक्षिण अफ्रिकाले ४ विकेटको जित निकालेको हो ।
उसका लागि नेम्बा बाभूमाले सर्वाधिक ४६ रन बनाए । डेविड मिलरले नटआउट २३ रन बनाउँदा एडेन मक्रमले १९ रन जोडे । श्रीलंकका वानिडू हसरङ्गा डिसिल्भाले तीन तथा दशमन्था चमिराले दुई विकेट लिए ।
यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको श्रीलंकाले २० ओभरमा अलआउट हुँदै एक सय ४२ रन बनायो । उसका लागि पथुम निशंकाले सर्वाधिक ७२ रन बनाउँदा चरिथ असलङ्काले २१ रन जोडे ।
बलिङतर्फ दक्षिण अफ्रिकाका तबरेज शम्सी र डवाइन प्रेटोरियसले तीन/तीन विकेट लिए ।
जितसँगै दक्षिण अफ्रिका चार अंकका साथ तेस्रो स्थानमा पुगेको छ भने श्रीलंकालाई सेमिफाइनल पुग्न मुश्किल देखिएको छ ।
दक्षिण अफ्रिाकाले यसअघि वेस्ट इन्डिजलाई ८ विकेटले पराजित गरेको थियो । विश्वकपको पहिलो खेलमा भने दक्षिण अफ्रिका अस्ट्रेलियासँग ५ विकेटले पराजित भएको थियो ।
प्रतिक्रिया दिनुहोस्