१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


पहाडी भेगमा हल्का वर्षा तथा हिमाली भेगमा हल्का हिमपात हुने


0
Shares

काठमाडौं । नेपालमा उल्लेखनीय मौसम प्रणाली छैन । देशको पहाडी तथा हिमाली भू-भागमा आंशिक बदली र बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

आज दिउँसो देशको पहाडी भू-भागमा आंशिक बदली तथा बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने छ । प्रदेश नं १, बागमती प्रदेश र गण्डकी प्रदेशको एक/दुई स्थानहरुमा हल्का वर्षाको संभावना रहेको छ भने उच्च पहाडी तथा हिमाली भू-भागका एक वा दुई स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ ।

त्यस्तै, राती प्रदेश नं १, बागमती प्रदेश र गण्डकी प्रदेशमा आशिक देखि सामान्य बदली र बाँकी भू-भागमा आंशिक बदली रहने छ।प्रदेश नं १, बागमती प्रदेश र गण्डकी प्रदेशको एक/दुई स्थानहरुमा हल्का वर्षाको संभावना रहेको छ भने उच्च पहाडी तथा हिमाली भू/भागका एक वा दुई स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ ।

देशका पहाडी भू/भागका एक वा दुई स्थानहरुमा हल्का वर्षाको साथै उच्च पहाडी तथा हिमाली भू/भागका एक वा दुई स्थानहरुमा हल्का हिमपातको समेत सम्भावना रहेकोले सामान्य सतर्कता अपनाउन विभागले आग्रह गरेको छ ।