१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


डडेल्धुरामा यात्रुबाहक बस दुर्घटना : १० जना घाइते


0
Shares

डडेलधुरा । डडेल्धुराको अलिताल गाउँपालिका १ मा बस दुर्घटना हुँदा १० जना घाईते भएका छन् ।

आज बिहान दार्चुलाबाट महेनद्रनगर जाँदै गरेको ना ८ ख ६१३२ नंबरको बस दुर्घटना परेको हो । दुर्घटना परी घाईते भएकाहरुलाई उपचारका लागि धनगढी लगीएको छ ।

बस सडक सय मिटर तल खसेको प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जानकारी गराएको छ । बसमा ३२ जना सवार रहेको प्रहरीले जनाएको छ ।