२ चैत्र २०८१, शनिबार | Sun Mar 16 2025


यू–२३ एसियन कपमा नेपालको हार


0
Shares

एजेन्सी । नेपाल एएफसी युथ २३ एसियन कप फुटबलको छनोट चरणमा जितिविहन तथा गोलबिहिन हुँदै बाहिरिएको छ । समूह बी मा लगातार तेस्रो हार बेहोर्दै नेपाल प्रतियोगिताबाट बाहिरिएको हो ।

हिजो भएको समूहको अन्तिम खेलमा नेपाल लेबनानसँग ४–० ले पराजित भयो । वर्तमान राष्ट्रिय टोलीका ६ खेलाडी तथा सिनियर टोलीको अनुभव बोकेका अन्य ५ खेलाडी भएपनि टोलीको आक्रमण फितलो देखियो ।

पहिलो खेलमा इरानसँग ४–० ले पराजित नेपाली टोलीले दोस्रो खेलमा ताजिकिस्तानसँग ६–० को हार बेहोरेको थियो । नेपालले प्रतियोगितामा उक गोल पनि गर्न सकेन भने अंकको खाता खोल्न सकेन ।