१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


प्रदेश १ मा मुख्यमन्त्री आचार्यले आज विश्वासको मत लिदै, नयाँ सरकारको जोडघटाउ सुरु


0
Shares

काठमाडौं । प्रदेश १ मा मुख्यमन्त्री भिमप्रसाद आचार्यले आज विश्वाशको मत लिदै हुनुहुन्छ । आचार्यले गत कात्तिक ५ गते प्रदेशसभामा पेश गर्नुभएको विश्वासतको मत समबन्धि प्रस्तावमा आज छलफल गरि मत विभाजन हुँदैछ ।

सभामुख प्रदिप भण्डारीले आज दिउसोको लागि प्रदेशसभाको बैठक डाक्नुभएको छ । आज मत विभाजन भएसँगै नेकपा एमालेले गण्डकी र वागमतीपछि प्रदेश १ मा सरकार गुमाउनेछ ।

गत कात्तिक ७ मै मुख्यमन्त्री आचार्यले विश्वासको मत सामना गर्ने मिति तोकिएको थियो । तर, सोही दिन नेपाली कांग्रेसले निवेदन दिएर बैठक स्थगन गर्न माग गर्दै प्रदेशसभा सचिवालयमा निवेदन दर्ता गरेको थियो ।

कांग्रेसको पत्रलगत्तै एमालेका प्रमुख सचेतक बुद्धिकुमार राजभन्डारीले समेत पत्र लेखेर सदन स्थगनको माग गर्नुभएको थियो । आज प्रदेश सभाको बैठक बस्ने भएपछि हिजो बसेको विपक्षी ५ दलको गठबन्धनको बैठकले मुख्यमन्त्री आचार्यालाई विश्वाशको मत नदिने निर्णय गरेको छ ।

उनीहरुले नयाँ मुख्यमन्त्रीमा नेकपा एकिकृत समाजवादीका राजेन्द्र राईलाई अगाडि सारेका छन् । प्रदेश १ मा कुल ९२ सांसद छन् । जसमा सत्ताधारी एमालेका ४१ जना छन् । विश्वशको मतका लागि आचार्यलाई ६ मत अपुग हुन्छ । विपक्षी गठबन्धनसँग ५० सांसद छन ।

उनीहरुमा नेपाली कांग्रेसका २१, माओवादी केन्द्रका १५, नेकपा (एस) का १०, जसपाका ३ र संयुक्त लोकतान्त्रिक राष्ट्रिय मन्चका १ हुन् । एक सिट भएको राप्रपाले भने आचार्यका् पक्ष वा विपक्षमा मुख खोलेको छैन ।