१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


आज पनि इजलास प्रभावित, राणाकाे सम्मानजनक बर्हिगमनको प्रस्तावपछि न्यायाधीशहरु छलफलमा


0
Shares

काठमाडौं । सर्वोच्च अदालतका न्यायाधीशहरुले आज पनि मुद्दा नहेर्ने बताएका छन् । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको सम्मानजनक बहिर्गमनकै पक्षमा रहेको निष्कर्षमा पुगेका सर्वोच्चका न्यायाधीशहरुले आज पनि मुद्दा नहेर्ने भएका हुन् ।

न्यायाधीशहरु केही दिनदेखि निरन्तर छलफलमा रहेकाले इजलास प्रभावित हुँदै आएको छ । प्रधानन्यायाधीश राणाको राजीनामाको माग गर्दै सर्वोच्चका न्यायाधीशहरु एक सातादेखि अघोषित रुपमा इजलास बहिस्कार गर्दै आएका छन् ।

आफूमाथि राजीनामाको चौतफी दवाव बढेसँगै प्रधानन्यायाधीश राणाले सहकर्मी न्यायाधीशहरूसमक्ष सम्मानजनक निकासको प्रस्ताव राख्नुभएको छ । महाअभियोगको दबाब र नेपाल बार एसोसिएसनले धर्ना थालेकै दिन राणाले न्यायाधीश मनोजकुमार शर्मामार्फत यस्तो प्रस्ताव अघि सार्नुभएको हो ।

बार आक्रामक रूपमा संघर्षमा उत्रिएकै दिन जबराले सम्मानजनक बहिर्गमनको प्रस्ताव राखेपछि न्यायाधीशहरू वार्तामा फर्किन तयार भएका छन् । जबराले प्रस्ताव पठाएपछि न्यायाधीशहरूले शर्मासहित अनिलकुमार सिन्हा र सपना प्रधान मल्ललाई प्रधानन्यायाधीशको प्रस्तावबारे छलफल गर्ने जिम्मा दिएका छन् ।

उनीहरुले आज प्रधानन्यायाधीशसँग छलफल गर्ने र सामूहिक छलफल गरेर आवश्यक निर्णय लिने बताइएको छ । समितिले हिजो साँझ जबरासँग सामान्य छलफल गरेको थियो ।