१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


क्रिकेटको मुख्य प्रशिक्षक पदका लागि ६० जनाले दिए आवेदन


0
Shares

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीको मुख्य प्रशिक्षक पदका लागि ६० जनाको आवेदन परेको छ । नेपाल क्रिकेट संघ (क्यान) ले मुख्य प्रशिक्षक पदका लागि ६० जनाको आवेदन परेको जनाएको हो ।

आवेदन दिएका व्यक्तिहरूको छनोट समितिले केही दिनमा अन्तर्वार्ता लिइने छ । क्यानले यही कात्तिक १ गते मुख्य प्रशिक्षकका लागि दरखास्त आह्वान गरेको थियो ।

मुख्य प्रशिक्षक डेभ वाट्मोरले राजीनामा दिएपछि अहिले नेपाली क्रिकेट टोली प्रशिक्षकविहीन छ । ओमानमा भएको आईसीसी विश्वकप क्रिकेट लिग–२ को त्रिकोणात्मक एकदिवसीय सिरिजपछि वाटमोरले नेपाली टोलीमा मुख्य प्रशिक्षको जिम्मेवारी छोडनु भएको हो ।