
काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टोलीका पूर्व प्राविधिक निर्देशक होल्गर ओभरम्यानको निधन भएको छ । जर्मनीका ओभरम्यानको ८५ वर्षको उमेरमा निधन भएको हो ।
१९९० दशकको सुरुमै नेपाल आएका ओभरह्यान करिब ६ वर्ष नेपाल बसेका थिए । नेपालमा १९९० अघि पनि विदेशी प्रशिक्षक आएका थिए । तर, नेपाल आएर लामो समय बस्ने ओभरम्यान पहिलो विदेशी प्रशिक्षक थिए ।
तथापि, ओभरह्यानले प्रशिक्षकभन्दा पनि प्राविधिक निर्देशकका रुपमा धेरै काम गरे । नेपालमा पहिलो पटक ‘युथ डेभेलपमेन्ट’को कार्यक्रम सञ्चाल गर्ने ओभरह्याम पहिलो व्यक्ति हुन् ।
उहाँले देशभर ‘युथ ट्यालेन्ट हन्ट’ कार्यक्रम सञ्चालन गरेर प्रतिभावान खेलाडीको छनोट गरेका थिए । उहाँले सानमिगल यु–१६ युथ कप प्रतियोगिता पनि गरे ।
नेपाली फुटबलका हस्तीहरु हरी खड्का, बालगोपाल महर्जन, उपेन्द्रमान सिंह, अनन्त थापालगायत खेलाडी ओभरम्यानले सञ्चालन गरेको ‘युथ ट्यालेन्ट हन्ट’का उत्पादन हुन् ।
प्रतिक्रिया दिनुहोस्