
फाइल तस्बिर
जनकपुर । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले संविधान संशोधनको नाममा गठबन्धन भित्रैका केही दलले मुलुकमा अस्थिरता निम्त्याउन खोजेको आरोप लगाउनुभएको छ ।
आज जनकपुरधाममा आयोजित पत्रकार सम्मेलनमा उहाँले पुष्पकमल दाहाल र बाबुराम भट्टराईले संविधान संशोधनको नाममा अस्थिरता निम्त्याउन खोजेको आरोप लगाउनुभएको हो ।
तराई मधेशमा देखिएका केही समस्याका लागि संविधान संशोधनको आवश्यकता रहेपनि संघर्ष गरेर ल्याइएको संघीय लोकतान्त्रिक गणतन्त्र र समावेशी लोकतन्त्रलाई खेर फाल्न नदिने उहाँको भनाइ छ ।
प्रतिक्रिया दिनुहोस्