
चितवन । नेकपा एमालेका नेता सुरेन्द्र पाण्डेले पार्टीको १० औं महाधिवेशन चितवनमा गर्न लागेको भनेर माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल डराएको दाबी गर्नुभएको छ ।
आज भरतपुर विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै पाण्डेले एमाले देश चलाउने पार्टी भएकाले कुनै व्यक्ति र पार्टीलाई लक्षीत नगरेको बताउनुभएको हो । नेता पाण्डेले सकेसम्म सहमतिको महाधिवेशन हुनेगरी काम भइरहेको बताउनुभएको छ । अहिलेनै आफू कुन पदमा उम्मेदवारी दिने भन्ने टुंगो नलागेको उहाँको भनाइ छ ।
प्रतिक्रिया दिनुहोस्