१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


सर्वाेच्चमा चाेलेन्द्र चाल : सबै इजलासमा एक–एक वटा बन्दी प्रत्यक्षीकरण मुद्दा


0
Shares

काठमाडौं । केही दिनदेखि प्रभावित हुँदै आएको भए पनि प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराले न्यायाधीशहरूलाई इजलास तोक्नुभएको छ ।

जबराले आफूलाई भने आज इजलास तोक्नुभएको छैन । अन्य न्यायाधीशहरूलाई भने बन्दी प्रत्यक्षीकरण मुद्दामा इजलास तोकिएको छ । उहाँले १० जना न्यायधीशहरूलाई ६ वटा इजलास तोक्नुभएको हो । प्रत्येक इजलासमा एउटा–एउटा बन्दी प्रत्यक्षीकरण मुद्दा तोकिएको छ ।

अघोषित रूपमा इजलास बहिस्कार गर्दै आएका न्यायाधीशहरूबीच बन्दी प्रत्यक्षीकरण मुद्दा हेर्ने की नहेर्ने भन्ने विषयमा छलफल समेत भएको छ । न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ, हरि प्रसाद फुयाँल, आनन्द मोहन भट्टराई, टंकबहादुर मोक्ता, अनिलकुमार सिन्हा, कुमार चुडाललाई संयुक्त इजलास तोकिएको छ ।

त्यस्तै बमबहादुर श्रेष्ठ, सपना प्रधान मल्ल,मनोजकुमार शर्मा र कुमार रेग्मीलाई एकल इजलास तोकिएको छ । न्यायाधीशहरू प्रधानन्यायाधीश राणाले मार्ग प्रशस्त गर्नुपर्ने माग राख्दै आन्दोलित छन् । पाँच दिनदेखि न्यायाधीशहरू इजलास नबस्दा धेरै मुद्दा प्रभावित बनेका छन् ।

मुद्दा प्रभावित भएको भन्दै सर्वोच्च अदालतमा न्यायाधीशहरू विरुद्ध रिट समेत परेको छ । त्यस्तै प्रधानन्यायाधीश जबराको राजीनामामा माग्दै कानुन व्यवसायीहरू पनि आन्दोलनमा छन् ।

यता प्रधानन्यायाधीश भने राजीनामा नदिने बताउँदै आउनुभएको छ । उहाँले सम्मानजनक बहिर्गमनको प्रस्ताव गरेको र त्यस विषयमा न्यायाधीशबिच आज छलफल हुने बताइएको छ ।