१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


अफगानी नागरिक भित्रने डरले जमुनाह नाकामा कडाई


0
Shares

काठमाडौं । भारत हुँदै अफगानी नागरिक नेपाल भित्रन सक्ने भन्दै नेपालगञ्जस्थित जमुनाह नाकामा कडाइ गर्न थालिएको छ ।

नेपालगञ्ज नाकाबाट अफगानी नागरिकलगायत कुनै पनि संदिग्ध व्यक्तिलाई प्रवेश गर्न नदिन नाकामा निगरानी बढाइएको बाँकेका प्रमुख जिल्ला अधिकारी सूर्य खत्रीले जानकारी दिनुभयो ।

भारतीय आधार कार्ड देखाएर अफगानी नागरिक नेपाल प्रवेश गर्न सक्ने खतरा रहेकाले आधार कार्डलाई मात्र प्रमाण मानेर नेपाल प्रवेश गर्न नदिन निर्देशन दिइएको छ ।

नेपाल–भारत सीमा नाका खुल्ला भएकाले ग्रामीण ठाउँमा पनि निगरानी बढाउन सुरक्षाकर्मीलाई निर्देशन दिइएको उहाँले बताउनुभयो ।