१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


चार दिने १४औं पुष्प प्रदर्शनी सकियो, ७९ लाखको कारोबार


0
Shares

काठमाडौं । १४औं गोदावरी फूलको प्रदर्शनीमा करिव ७९ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।

नजिकिँदै गरेको तिहारलाई लक्षित गरी फ्लोरिकल्चर एशोसियशन अफ नेपालको आयोजनामा जावलाखेल मैदानमा भएको चार दिने गोदावरी पुष्प प्रदर्शनीमा करिव ७९ लाख रुपैयाँ बराबरको कारोबार भएको हो । एशोसियशनले ५० लाखको कारोबार हुने अनुमान गरेको थियो ।

यस्तै, अवलोकनकर्ताको सहभागीता पनि उत्साहजनक नै देखिएको छ । प्रदर्शनीमा करिब ३५ हजार जनाले अवलोकन गर्ने अनुमान गरेकोमा करिब ३८ हजारले अवलोकन गरेको एशोसियशनका सचिव हिरामणी शर्मा जानकारी दिनुभयो । उहाँले अवलोकनकर्ता र कारोबारको हिसावमा प्रदर्शनी आशा गरेको भन्दा धेरै राम्रो भएको बताउनुभयो ।

प्रदर्शनीमा ४४ वटा व्यवसायिक र ४ वटा सूचनामूलक गरि ४८ वटा स्टल राखिएको थियो । प्रदर्शनीमा नेपालमा विगत वर्षदेखि नै व्यवसायिक उत्पादन हुँदै आएका विविध जातका गोदावरी फूल विरुवा विक्री वितरण भएको छ ।

यसका साथै यस वर्ष भित्रिएका गोदावरी फूलका केही नयाँ प्रजातिका फूल विरुवाहरूको समेत प्रदर्शनी तथा विक्रि, वितरण भएको एशोसियसनले जनाएको छ ।