
काठमाडौं । नेपाली सेना र अमेरिकी सेना बीच संयुक्त तालिम अभ्यास सुरु भएको छ । काठमाडौंको छाउनी स्थित रेञ्जर गणमा सोमबारबाट ‘एक्स टिक नेल २२’ सुरु भएको हो ।
नेपाली सेनाको खोज तथा उद्धार कार्यमा सहभागी हुने फौजहरूमध्ये ३० जना र अमेरिकी सेनाका २० जना गरी ५० जनाको अभ्यासमा सहभागिता रहेको सेनाले जनाएको छ ।
काठमाडौं, पोखरा र अन्नपूर्ण आधार शिविर सञ्चालन हुने तालिममा जल उद्धार र उच्च पहाडी तथा हिमाली क्षेत्रमा खोज तथम उद्धारको सैद्धान्तिक र व्यवहारिक तालिम दिइने छ ।
यस किसिमको संयुक्त तालिमले दुवै देशका विपद् व्यवस्थापनमा व्यवहारिक क्षमता अभिवृद्धि हुने र सम्बन्ध बलियो हुने विश्वास सेनाले लिएको छ ।
प्रतिक्रिया दिनुहोस्