१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा एकीकृत समाजवादीको दाबी


0
Shares

बिराज रोस्यारा
कैलाली । नेकपा (एकीकृत समाजवादी) पार्टीले सुदूरपश्चिम प्रदेश सरकारको मुुख्यमन्त्रीमा आफ्नो दाबी गरेको छ ।

पार्टीको प्रदेश कमिटीको बैठकका निर्णय सार्वजनिक गर्दै ठूलो पार्टीको हैसियतमा आफ्नो पार्टीले मुख्यमन्त्री पाउनुपर्ने सुदूरपश्चिम इन्चार्ज गरिमा शाहले बताउनुभयो । मुख्यमन्त्रीका लागि आवश्यक पहल गरिदिन केन्द्रीय कमिटीलाई अनुरोध गर्ने निर्णय पनि बैठकले गरेको उहाँको भनाइ छ ।

हाल एकीकृत समाजवादीको समर्थनमा माओवादी केन्द्रले सुदूरपश्चिम सरकारको नेतृत्व गरिरहेको छ । नेकपा एमाले विभाजनपछि गठित एकीकृत समाजवादीले प्रदेशसभामा सबैभन्दा ठूलो दलको हैसियतमा प्रदेश सरकारको नेतृत्व पाउनुुपर्ने माग गर्दै आएको छ ।

सुदूरपश्चिम प्रदेशसभामा एकीकृत समाजवादीका १४, माओवादी केन्द्रका १३, नेपाली कांग्रेसका १२, नेकपा एमालेको सभामुखसहित ११, तथा जनता समाजवादी पार्टी जसपा र लोकतान्त्रिक समाजवादी पार्टी लोसपाका १–१ सांसद् छन् ।