२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


इंग्ल्याण्डको लगातार चौथो जित, श्रीलंका २६ रनले पराजित


0
Shares

एजेन्सी । विश्वकप टी–ट्वान्टी क्रिकेटमा इंग्ल्याण्डले श्रीलंकालाई २६ रनले हराएको छ । युएईको दुबइमा गएराति भएको खेलमा इंग्ल्याण्डले दिएको १ सय ६४ रनको लक्ष्य पछ्याएको श्रीलंका १ सय ३७ रनमै समेटियो ।

श्रीलंकाको लागि हसरंगाले ३४ रन जोड्दा इंग्ल्याण्डका मोइन अली र आदिल रासिदले २–२ विकेट लिए । यसअघि टस हारेर पहिले व्याटिङ गरेको इंग्ल्याण्डले जोस बट्लरको अविजित १ सय १ रनको मद्दतमा ४ विकेट गुमाएर १ सय ६३ रन जोडेको थियो ।

जितसँगै इंग्ल्याण्डले विश्वकप टी–ट्वान्टी क्रिकेटको सेमिफाइनल पुग्ने संभावना बलियो पारेको छ । लगातार चौथो जितसहित ८ अंक जोडेको इंग्ल्याण्ड समुहको शिर्ष स्थानमा छ ।

३ खेलबाट ४–४ अंक जोडेका दक्षिण अफ्रिका र अष्ट्रेलिया क्रमशः दोस्रो तथा तेस्रो स्थानमा रहेका छन् । ६ टोली सम्मिलित समूहबाट शिर्ष दुई टोली सेमिफाइनलमा पुग्नेछन् ।