
एजेन्सी । स्कटल्याण्डको ग्लास्गोमा जारी जलवायु सम्मेलन कोप–२६ मा सहभागी एक सय देशका नेताहरुले सन् २०३० सम्ममा वन फडानी नियन्त्रण गर्ने सहमतिमा हस्ताक्षर गर्ने भएका छन् ।
उनीहरुले आज वन फडानी रोक्ने सम्बन्धि सहमतिमा हस्ताक्षर गर्ने भएका हुन । अमेजन जंगल क्षेत्रको ठूलो हिस्सा फडानी भएको ब्राजिललगायतका देशहरुले उक्त सहमतिमा हस्ताक्षर गर्ने जनाइएको छ ।
सहमतिमा हस्ताक्षर गर्ने देशहरुले विश्वको ८५ प्रतिशत भन्दा बढी वनक्षेत्र ओगट्ने छन् । सहमतिलाई सम्मेलनको महत्वपूर्ण उपलब्धिको रुपमा हेरिएको छ ।
विश्वभर जंगल फडानीको क्रम तीब्र भईरहँदा अमेजनको जंगल फडानीले जलवायु परिवर्तनको गतिलाई तीब्र बनाएको ठहर गर्ने गरिएको छ । सहमतिमा फडानी भएका वन क्षेत्रको पुनस्थापनाका लागि थप वित्तिय सहयोग र लगानीको बाचा समेत गरिने भएको छ ।
त्यसैगरी २८ वटा देशले खाद्यान्न उत्पादन, चरी चरन र ब्यापारका लागि वनको फडानी नगर्ने सहमति पनि भएका छन् । विशेषगरी पाम, भट्टमास र कोका उत्पादनका लागि वन फडानी हुने गरेको छ ।
प्रतिक्रिया दिनुहोस्