
काठमाडौं । प्रदेश नम्बर १ मा नेकपा एकीकृत समाजवादीका नेता राजेन्द्र राईले आज मुख्यमन्त्रीको सपथ लिँदै हुनुहुन्छ ।
उहाँलाई दिउँसो २ बजे प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासीले पद तथा गोपनियताको सपथ खुवाउने कार्यक्रम तय भएको छ ।
मुख्यमन्त्रीको सपथ लिएसँगै राईले आजै सानो आकारको मन्त्रिमण्डल विस्तार गर्दै हुनुहुन्छ । यद्यपी मन्त्रीको टुंगो भने लागिसकेको छैन।
सबै दलबाट एक एक जनालाई मन्त्रीको सपथ गराउने तयारी भएको बुझिएको छ ।
नेपाली कांग्रेसबाट संसदीय दलका उपनेता हिमाल कार्की, माओवादीबाट दलका नेता इन्द्र आङ्बोलाई मन्त्रीका लागि सिफारिस गर्ने तयारी भएको बुझिएको छ । मुख्यमन्त्री भीम आचार्यले राजीनामा दिएपछि विपक्षी गठबन्धनले नयाँ सरकार बनाउन लागेको हो ।
प्रतिक्रिया दिनुहोस्