१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


धौलागिरी अस्पतालमा जीवनजलको अभाव


0
Shares

बाग्लुङ । बाग्लुङस्थित धौलागिरी अस्पतालमा एक सातादेखि जीवनजलको अभाव भएको छ । सरकारले निशुल्क दिने जीवनजल अस्पताल परिसरमा रहेका दुईवटै फार्मेसीमा नपाइएपछि विरामीहरु अन्यन्त्रबाट जीवनजल किन्न बाध्य भएका छन् ।

फार्मेसीमा जीवनजल मात्रै नभएर २५ वटा अत्यावश्यक औषधीको समेत अभाव भइरहेको छ । खरिद ऐनका कारण अस्पतालमा औषधिको अभाव भएको फर्मेसी इन्चार्ज सन्तोष सुवेदीले बताउनुभयो । हाल अस्पतालमा भाइरल ज्वरो, झाडा वान्ता लगायतका बिरामीहरको चाप पनि बढेको छ ।