१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


बन्दी प्रत्यक्षीकरणको मुद्दा हेर्ने गरी प्रधानन्यायाधीशले तोके छ इजलास


0
Shares

काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले आज पनि आफू बाहेकको इजलास गठन गर्नुभएको छ ।

प्रधानन्यायाधीश राणाले आज ६ वटा इजलास तोक्नुभएको छ । सबै इजलासमा बन्दी प्रत्यक्षीकरणको मुद्दामा मात्र सुनुवाइ हुने बताइएको छ ।

प्रधानन्यायाधीश राणाले आजका लागि दीपककुमार कार्की र प्रकाशमान सिंह राउत, मीरा खड्का र हरिकृष्ण कार्की, वमकुमार श्रेष्ठ र कुमार चुडाल, प्रकाश कुमार ढुंगाना, सुष्मालता माथेमा, तेजबहाजुर केसी र कुमार रेग्मीको इजलास तोक्नुभएको हो ।

यसअघि हिजोपनि प्रधानन्यायाधीश राणाले आफूबाहेकका इजलास गठन गर्नुभएको थियो ।