१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


कर्णालीको मुख्यमन्त्रीमा कांग्रेस संसदीय दलका नेता शाहीको दावी पेश

साढे ८ बजे सपथग्रहण हुने

0
Shares

मानबहादुर वली
सुर्खेत । कर्णाली प्रदेशको मुख्यमन्त्रीका लागि नेपाली कांग्रेस प्रदेश संसदीय दलका नेता जीवनबहादुर शाहीले दावी पेश गर्नुभएको छ ।

गठबन्धनमा रहेका तीन दलको समर्थनमा मुख्यमन्त्रीमा शाहीले दावी पेश गर्नुभएको हो ।

कर्णालीका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले सोमबार पदबाट राजीनामा दिएपछि मंगलबार मुख्यमन्त्रीका लागि शाहीले दावी पेश गर्नुभएको छ ।

शाहीलाई नेकपा माओवादी केन्द्रका १२, कांग्रेसका ६ र समाजवादीका तीन जना सांसद गरी २१ जनाले समर्थन गर्नुभएको छ ।

प्रदेश प्रमुखको कार्यालयले साँझ ७ः३० बजेसम्म दाबी पेश गर्न समय दिइएको थियो । नव नियुक्त मुख्यमन्त्रीको मंगलबार राति साढे ८ बजे सपथ लिने कार्यक्रम तय गरिएको छ ।