
काठमाडौ । नेपाली सेना र पत्रकारबीच पहिलोपटक मैत्रीपूर्ण फुटबल सम्पन्न भएको छ। सैनिक मुख्यालय, भद्रकालीमा रहेको फुटबल ग्राउण्डमा मंगलबार भएको खेलमा सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयसँग पत्रकार ९रक्षा संवाददाता० समूह ६–२ ले पराजित भएको थियो ।
निर्देशनालयको तर्फबाट सहायकरथी सन्तोषबल्लभ पौडेल, महासेनानी पदम बुढा, महासेनानी ईश्वर श्रेष्ठ, प्रमुख सेनानी प्रद्युम्न पौडेल, सेनानी विजय पाण्डे, सेनानी ऋषभ कार्कीले गोल गरेका थिए । पत्रकारको तर्फबाट पुरुषोत्तम खत्री र उजीर कार्कीले गोल गरेका थिए । पहिलो पल्ट भएको उक्त खेलले पत्रकार र सेनाबीचको सम्बन्धमा नयाँ आयाम थपिने दुवै पक्षले अपेक्षा गरेका छन् ।
प्रतिक्रिया दिनुहोस्