१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


कार्यवाहक प्रधानमन्त्री खाँणद्वारा डडेल्धुराको बाढीपहिरो क्षेत्रको निरीक्षण


0
Shares

डेल्धुरा । प्रधानमन्त्रीको कार्यभारसमेत सम्हाल्नु भएका गृहमन्त्री बालकृष्ण खाणले डडेल्धुराको गन्यापधुरा–१ र ३ स्थित बाढीपहिरो क्षेत्रको निरीक्षण गर्नु भएको छ ।

उहाँलाई गाउँपालिका अध्यक्ष नवलबहादुर मल्लले बाढीपहिरोबाट भएको क्षतिको विवरण प्रस्तुत गर्दै राहत र बस्ती स्थानान्तरणका लागि आग्रह गर्दै ज्ञापनपत्र बुझाउनु भएको छ ।

कार्यवाहक प्रधानमन्त्री खाणले जनतालाई राहत र घर निर्माणका लागि सरकारले सक्दो सहयोग पुर्‍याउने प्रतिबद्धता व्यक्त गर्नु भएको छ । यस क्षेत्रमा बाढीपहिरोबाट झण्डै २५० घरधुरी जोखिममा पर्नुका साथै खेतीयोग्य जमिनसमेत कटानमा परेको छ।

सुदूरपश्चिम क्षेत्रका डडेल्धुरा, बझाङ र बैतडीका बाढीपहिरो प्रभावित क्षेत्रको निरीक्षण गर्ने क्रममा उहाँ डडेल्धुरा पुग्नु भएको हो ।