
रुपन्देही । प्रहरीले अवैध सामानसहित दुई जनालाई पक्राउ गरेको छ । साढे ५१ लाख रुपैयाँ बराबरको अवैध सामान प्रहरीले बरामद पनि गरेको छ ।
पक्राउ परेका दुवै जनालाई भन्सार कार्यालयमा बुझाइएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ ।
तिनाउ पुलमा भारतबाट भन्सार छलेर ल्याइएको सामान बरामद गरिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता प्रहरी नायव उपरीक्षक सत्यनारायण थापाले जानकारी दिनुभयो ।
पक्राउ पर्नेमा रुपन्देहीको सैनामैना नगरपालिका–२ का ४० वर्षीय तुलसी थारु र सोही स्थानका ४० वर्षीय मिनप्रसाद भण्डारी रहेका छन् ।
प्रतिक्रिया दिनुहोस्