
अर्घाखाँची । जिल्ला प्रहरी कार्यालयले २२ वर्षपछि फरार अभियुक्तलाई पक्राउ गरेको छ ।
जिल्ला अदालत अर्घाखाँचीको २०५६ असार १८ गतेको फैसला बमोजिम कैद ठहर भएका ५५ वर्षीय खिमबहादुर पुलामीलाई शितगंगा नगरपालिका–७ स्थित घरबाटै पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ ।
स्थानीय भिम बहादुर क्षेत्रीलाई २२ वर्षअघि खिमबहादुर पुलामीसहित ४ जनाले चिर्पट प्रहार गरी हत्या गरेका थिए । अन्य अभियुक्तमध्ये १ जनाले सजाय भुक्तान गरिसकेका छन् भने दुई जनाको मृत्यु भइसकेको प्रहरीले जनाएको छ ।
पक्राउ परेका ५५ वर्षीय पुलामीलाई अर्घाखाँची जिल्ला अदालतमा दाखिला गरिएकोमा कैद भुक्तानको लागि कारागार चलान गरिएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रहरी नायब उपरीक्षक अमर थापाले जानकारी दिनुभयो ।
प्रतिक्रिया दिनुहोस्