२८ फाल्गुन २०८१, बुधबार | Wed Mar 12 2025


तिहारअघि हरियो भएर थामियो नेप्से


0
Shares

काठमाडौं । तिहार विदा अघिको अन्तिम दिनको सेयरबजार हरियो रहेर थामियो । बुधबार कारोबार पनि साढें ६ अर्ब माथि रह्यो ।

उतार चढावबीच बजार परिसूचक नेप्से ५ अंक बढीले सकारात्मक रहेर २८ सय ४८ कायम भयो । यस दिन बढी जसो समूह हरियो रहेसँगै नेप्से पनि सकारात्मक रहेको हो ।

बीमा, होटल तथा पर्यटन र लगानी समूह रातो रहेबाहेक अरु सकारात्मक रहेको बुधबार २ सय २९ कम्पनीको १ करोड बराबर कित्ता सेयर ६ अर्ब ५५ करोड बढीमा कारोबार भएको नेपाल स्टक एक्स्चेन्जले जनाएको छ ।