१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


पहिरोपीडितलाई राहत दिने गृहमन्त्रीको आश्वासन


0
Shares

बझाङ । गृहमन्त्री बालकृष्ण खाँणले बाढीपहिरो प्रभावित सुदूरपश्चिमको बझाङका विभिन्न ठाउँको स्थलगत भ्रमण गरी पीडितलाई राहतको आश्वासन दिनुभएको छ ।

हेलिकोप्टरबाट जिल्लाको खप्तडछान्ना र थलारा गाँउपालिका पुग्नुभएका गृहमन्त्री खाँणले बाढीपीडित परिवारको अवस्थाबारे जानकारी लिनुभयो ।

बाढी प्रभावित तथा ज्यान गुमाएका परिवारलाई तत्कालै सरकारले प्रतिपरिवार ५० हजारसम्म आर्थिक सहयोग गर्ने मन्त्री खाँणले जानकारी दिनुभयो । साथै खाँणले संकटग्रस्त जिल्ला घोषणा गर्न पहल गर्ने समेत प्रतिबद्धता व्यक्त गर्नुभयो ।

कात्तिक महिनाको पहिलो साता आएका बाढी पहिरोका कारण ६ जनाको मृत्यु भएको थियो भने २३ जना बेपत्ता मध्ये ४ जनाको मात्रै शव फेला परेको थियो ।