१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


बैंक अफ काठमाण्डूको सिईओमा श्रवणलाल मास्के नियुक्त


0
Shares

काठमाडौं । बैंक अफ काठमाण्डूको प्रमुख कार्यकारी अधिकृत (सिईओ)मा श्रवणलाल मास्के नियुक्त हुनुभएको छ ।

बुधबार बसेको सञ्चालक समितिको बैठकले बैंकको प्रमुख कार्यकारी अधिकृतमा मास्केलाई नियुक्त गर्ने निर्णय गरेको हो । विगत तीन महिनादेखि बैंकको कामु प्रमुख कार्यकारी अधिकृतको रूपमा बैंकको नेतृत्व गर्दै आएका उहाँलाई बैंकले सिईओ नियुक्त गरेको हो ।

सन् १९८५ मा नबिल बैंकबाट बैंकिङ्ग क्षेत्रमा प्रवेश गर्नुभएका मास्केसँग तीन दशक लामो बैंकिङ्ग क्षेत्रको अनुभव छ ।

नवनियुक्त प्रमुख कार्यकारी अधिकृत मास्केले आफ्नो कार्यकालमा बैंक अफ काठमाण्डूलाई थप सबल, सफल तथा अझै सुदृढ बैंकको रूपमा स्थापित गराउने प्रतिवद्धता व्यक्त गर्नुभएको छ ।

बैंक अफ काठमाण्डूले ९१ शाखा कार्यालय, ८१ एटिएम र १० एक्स्टेन्सन काउन्टरबाट बैंकिङ्ग कारोबार गर्दै आएको छ ।