२८ फाल्गुन २०८१, बुधबार | Wed Mar 12 2025


बागलुङको लोकप्रिय सोरठी नाच लोप हुँदै


0
Shares

बागलुङ । बागलुङको लोकप्रिय सोरठी नाच पछिल्लो समय लोप हुँदै गएको छ । पश्चिम बागलुङको गलकोट, बडिगाड, निसीखोला क्षेत्रमा बढी प्रचलित यो नाच विशेष गरी तिहारमा नाच्ने चलन रहेकोमा अहिले ओझेलमा पर्दै गएको छ ।

नयाँ पुस्ताले चासो नदिँदा नाच लोप हुने अवस्थामा पुगको हो । पाँच/छ वर्ष अघिसम्म बागलुङका हरेक गाउँमा तिहार सुरु हुनासाथ स्थानीय बुढापाका र युवाहरु सोरठी नाच्ने गर्दथे । तर अहिले त्यस्तो नाच विरलै हुने गरेको छ ।