
कावासोती । नवदुर्गा आधारभुत विद्यालयमा गएराति तोडफोड भएको छ ।
कावासोती–२, भाटटोलमा अवस्थित विद्यालयको पुस्तकालय कक्षमा भएका पुस्तकहरु च्यातेर फालिएको छ भने डेस्क बेन्च तोडफोड भएको विद्यालयका प्रधानाध्यापक टिकाराम डुम्रेले बताउनुभयो ।
चोरी गर्ने उदेश्यले विद्यालयमा प्रवेश गरेको भए पनि कम्प्युटर तथा अन्य सामग्री रहेको कक्षमा प्रवेश गर्न नसकेपछि तोडफोड गरेको हुनसक्ने प्रहरीको अनुमान छ । तोडफोडमा संलग्नलाई तत्काल खोजी गरेर काराबाही गर्न उहाँले स्थानीय प्रशासनसँग माग गर्नुभएको छ ।
यसअघि कार्तिक ११ गते कावासोती–३ को जीवनज्योति माध्यमिक विद्यालयमा पनि चोरी भएको थियो । सिसिटिभी फुटेजमा चोरीमा संलग्न व्यक्ति देखिए पनि अहिलेसम्म प्रहरीले नियन्त्रणमा लिन सकेको छैन ।
चाडपर्व नजिकिएसँगै सार्वजनिक संस्था र व्यक्तिका घरमा चोरी बढेको भन्दै प्रहरी प्रशासनले गस्ती बढाउनुपर्ने स्थानीयले माग गरेका छन् ।
प्रतिक्रिया दिनुहोस्