१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


सुकुम्बासीद्वारा मेयर र उपमेयरलाई ५१ किलोको मालासहित गाउँ परिक्रमा


0
Shares

नवलपरासी । दश वर्ष अघिदेखि रोक्का भएको जग्गा फुकुवा हुने भएपछि पश्चिम नवलपरासीका सुकुम्बासीले स्थानीय निकायका प्रमुख र उपप्रमुखलाई सम्मान गर्दै गाउँ घुमाएका छन् ।

सुनवल नगरपालिकाका मेयर भीम बहादुर थापा र उपमेयर दधिराम अर्याललाई ५१ केजीको माला लगाएर स्थानीयले गाउँ घुमाएका हुन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट रोक्का रहेको जग्गा मेयर थापाको पहलमा फुकुवा हुन लागेको भन्दै वडा नम्बर ४ का बासिन्दाले उनीहरूलाई बाजा गाजासहित स्वागत गरेर गाउँ घुमाएका हुन् ।

तत्कालीन सकुम्बासी समस्या समाधान आयोगको नवलपरासी समितिले पश्चिम नवलपरासीका करिब ८ हजार सुकुम्बासीलाई पुर्जा वितरण गरेको थियो । पुर्जा वितरणमा अनियमितता र भ्रष्ट्राचार भएको भन्दै उजुरी परेपछि अख्तियारले सबै पुर्जा रोक्का राखेको थियो ।

आयोगको कात्तिक ८ गतेको निर्णयले रोक्का जग्गा फुकुवा गर्न मालपोत कार्यालय परासीलाई पत्राचार गरेको थियो । अख्तियारको पत्रपछि रोक्का जग्गा १ महिनाभित्र फुकुवा गरिने मालपोत कार्यालयका प्रमुख कुमार आचार्यले बताउनुभयो ।

सुनवल नगरपालिका क्षेत्रमा मात्रै करिब २३ सय बढी सकुम्बासी रहेका छन् ।