२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


टी–ट्वान्टी विश्वकप क्रिकेटमा अष्ट्रेलियाको शानदार जित


0
Shares

काठमाडौं । टी–ट्वान्टी विश्वकप क्रिकेटमा बंगलादेशविरुद्ध अष्ट्रेलियाले शानदार जित निकालेको छ । दुबईमा बिहिबार अष्ट्रेलियाले बंगलादेशविरुद्ध ८ विकेटको शानदार जित निकालेको हो ।

७४ रनको सामान्य लक्ष्य अष्ट्रेलियाले ६ दशमलव २ ओभरमा २ विकेट गुमाएर पुरा गर्यो । अष्ट्रेलियाको जितमा डेभिड वार्नरले १८ र आरोन फिन्चले ४० रन जोडे । मिचेल मार्स १६ रनमा अविजित रहे । बंगलादेशका तास्किन अहमेद र सोरफुल इस्लामले समान १–१ विकेट लिए ।

यसअघि टस हारेर सुरुवाती ब्याटिङ्ग गरेको बंगलादेशले १५ ओभरमा अलआउट हुँदै ७३ रन मात्र बनाउन सक्यो । बंगलादेशका लागि ओपनर मोहमद नइमले १७, समिम हुसेनले १९, महमुदुल्लाहले १६ रन बनाउनु बाहेक अन्य खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

बंगलादेशको ब्याटिङ लाइन ध्वस्त बनाउन अष्ट्रेलियाका एडम जाम्पा एक्लैले ५ विकेट लिए । जाम्पाले ४ ओभर बलिङ गर्दै १९ रन खचिएर ५ विकेट हात पारे । मिचेल स्टार्क र जोस हेजलवुडले समान २–२ विकेट हात पारे । ग्लेन म्याक्सवेलको नाममा एक विकेट रह्यो ।

बंगलादेश सुपर १२ मा जितविहीन हुँदै प्रतियोगिताबाट बाहिरिएको छ । अष्ट्रेलियाले महत्वपूर्ण जित निकाल्दै सेमिफाइनलको दौडमा आफूलाई बलियो बनाएको छ । समूह एकमा दक्षिण अफ्रिका र अष्ट्रेलियाले ४ खेलबाट समान ६ अंक जोडेका छन् ।