
काठमाडौं । प्रदेश १ का मुख्य न्यायाधिवक्ता चुडामणि आचार्यले राजीनामा दिनुभएको छ ।
सरकार परिवर्तनसँगै मुख्य न्यायाधिवक्ता आचार्यले प्रदेश प्रमुख सोमनाथ अधिकारी ‘प्यासी’ समक्ष राजीनामा बुझाउनुभएको हो ।
प्रदेशका मुख्यमन्त्री राजेन्द्र राईमार्फत नेपालको संविधानको धारा १६० को उपधारा (४) को खण्ड (क) बमोजिम बुधबार साँझ उहाँले राजीनामा दिनुभएको प्रदेश प्रमुखको कार्यालयका प्रवक्ता नरेन्द्र श्रेष्ठद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
बुधैबारदेखि लागू हुनेगरी मुख्य न्यायाधिवक्ताको राजीनामा स्वीकृत भएको बताइएको छ ।
प्रतिक्रिया दिनुहोस्