
काठमाडौं । प्रधानमन्त्री देउवाले नेपाल संवतले नेपाललाई कोरोनामुक्त बनाउने विश्वास व्यक्त गर्नु भएको छ ।
नेपाल संवत् ११ सय ४२ को अबसर पारेर काठमाडौंको बसन्तपुरमा आयोजित सांस्कृतिक ¥यालीलाई संबोधन गर्दै उहाँले नेपालको गरिवी निर्मूल गर्ने अभियान सुरुवात गर्नु भएका राष्ट्रिय विभूति शंखधर साख्वाको योगदानको प्रचारप्रसार गरी सबै मानवको हितलाई सर्वोपरी ठानेर अघि बढनुपर्नेमा जोड दिनु भयो ।
कार्यक्रममा महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले नेपाली माटोमा जन्मेको नेपाल संवत नेपालको राष्ट्रिय सम्बत भएको उल्लेख गर्दै त्यसलाई राष्ट्रपतिदेखि आम नागरिक सबैले व्यवहारिक रुपमै स्विकार गर्दै गएको चर्चा गर्नुभयो ।
उहाँले काठमाडौं महानगरपालिकाले राष्ट्रिय विभूति शंखधर साख्वाको योगदानको उच्च मूल्यांकन गर्दै उहाँको नाममा पार्क समेत निर्माण गरेको स्मरण गराउनु भयो ।
सांस्कृतिक ¥यालीमा नेपाल संवतको महत्व उल्लेख गरिएका सांस्कृतिक झाँकीहरु प्रस्तुत गरिएको थियो ।
प्रतिक्रिया दिनुहोस्