१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


परीक्षण गरिएका मध्ये ३ दशमलब ७५ प्रतिशतमा कोरोना संक्रमण, संक्रमणका कारण दुई जनाको मृत्यु


0
Shares

काठमाडौं । नेपालमा शुक्रबार १ सय ८३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

२ हजार ३ सय ७ जनाको पीसीआर परीक्षण गर्दा १ सय ७४ जना र २ हजार ५ सय ३७ जनाको एन्टिजेन परीक्षण गर्दा ९ जना गरी १ सय ८३ जनामा कोरोना भाइरसको संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यस्तै सो अवधिमा कोरोना संक्रमणबाट २ जनाको मृत्यु भएको छ भने ६ सय ४९ जना निको भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ९ लाख ४ हजार ८ सय ४ पुगेको छ । मृत्यु हुनेको संख्या ११ हजार ४ सय ३८ पुगेको छ भने ७ लाख ९४ हजार ४ सय ३८ जना संक्रमणमुक्त भएका छन् ।

मन्त्रालयका अनुसार हाल देशभर सक्रिय संक्रमितको संख्या ८ हजार ४ सय १३ जना रहेका छन् । जसमध्ये ७ हजार ७ सय ६३ जना होम आइसोलेसनमा रहेका छन् भने ६ सय ५० जना संस्थागत आइसोलेसनमा रहेका छन् । कोरोनाका बिरामीमध्ये दुई सय जना आईसीयू र ५५ जना भेन्टिलेटरमा उपचाररत् छन् ।