८ बैशाख २०८२, सोमबार | Mon Apr 21 2025


सञ्चारमन्त्री कार्कीबाट टीका ग्रहण


0
Shares

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले भाइटीकाका अवसरमा बहिनीहरुसँग यसवर्षको टीका ग्रहण गर्नुभएको छ ।

सञ्चारमन्त्री कार्कीले ललितपुरको भैँसेपाटीस्थित बहिनीको निवासमा आज बिहन ११ बजेर २ मिनेटको शुभसाइतमा आफ्ना बहिनी सुशीला बस्नेत र तारा थापाबाट टीका ग्रहण गर्नुभएको हो ।

सञ्चारमन्त्री कार्कीसहित चार दाजुभाईले टीका ग्रहण गर्नुभएको सञ्चारमन्त्रीका स्वकीय सचिव रामजी थापाले जानकारी दिनुभयो । उहाँका अनुसार सञ्चारमन्त्री कार्कीसहित भाइहरु देवेन्द्र कार्की, डा मृगेन्द्र कार्की र लोकेन्द्र कार्कीले टीका ग्रहण गर्नुभएको हो ।

टीका लगाइदिएपछि बहिनीहरूले सञ्चारमन्त्रीलाई मखमलीको माला लगाई कटुुस, ओखर र मिठाई खुवाएर वात्सल्य प्रस्तुत गर्नुभयो । सो अवसरमा सञ्चारमन्त्री कार्कीले बहिनीहरुलाई दक्षिणा तथा स्नेहोपहार प्रदान गर्नुभयो ।