१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


रौटहट कांग्रेसका नेता कार्यकर्ताको एक सय सात दिनदेखिको धर्ना सानेपामा जारी

, क्रियाशील सदस्यताको विवाद सुल्झाउन माग

0
Shares

काठमाडौं । क्रियाशील सदस्यता वितरणमा धाँधली भएको भन्दै रौतहटका नेपाली कांग्रेसका नेता कार्यकर्ताको झण्डै चार महिनादेखिको धर्ना पार्टी कार्यालय सानेपामा जारी छ ।

धाँधलीपूर्ण रुपमा क्रियाशील सदस्यता सूची केन्द्रमा पठाइएको भन्दै रौतहटका कांग्रेस नेता–कार्यकर्ता पार्टी केन्द्रीय कार्यालय सानेपामा धर्नामा बसेका हुन् । उनीहरु १ सय ७ दिनदेखि धर्नामा छन् । रौतहट प्रतिनिधिसभा निर्वाचन क्षेत्र–१ मा क्रियाशील सदस्यता विवाद सुल्झिएको छैन ।

शनिबार तिहारका दिन १२ जना नेता कार्यकर्ताको धर्ना पार्टी कार्यालयमा जारी थियो । महासमिति सदस्य डाक्टर देवचन्द्र मिश्र, पूर्व स्वास्थ्यराज्यमन्त्री ब्रजकिशोर सिंह, महाधिवेशन प्रतिनिधि उदय यावदलगायत अनसनमा छन् ।

उनीहरुले आफूहरूको माग सम्बोधन नभए महाधिवेशन बहिष्कार गर्ने चेतावनी दिएका छन् । कांग्रेसले मंसिर २४–२७ सम्म १४ औं महाधिवेशन गर्ने गरी संशोधित कार्यतालिका सार्वजनिक गरिसकेको छ । कांग्रेस वडा अधिवेशन नभएका जिल्लामा कात्तिक २७ देखि अधिवेशन प्रक्रिया सुरु गर्ने जनाएको छ ।

कांग्रेसले विवादकै कारण रसुवा र रौतहट जिल्लाको क्रियाशील सदस्यता नामावली अझै सार्वजनिक गरेको छैन । बाँकी जिल्लामा अधिवेशन प्रक्रिया अगाडि बढिसकेको छ । क्रियाशील सदस्यता विवाद कायमै रहेकाले रौतहट र रसुवाको अधिवेशन प्रक्रिया अन्यौलमा परेको छ ।