२६ फाल्गुन २०८१, सोमबार | Tue Mar 11 2025


पूर्वराजा शाहले बहिनी शोभासँग लगाए भाइटीका


0
Shares

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले बहिनी शोभा राज्यलक्ष्मी शाहीसँग भाइटीका लगाउनु भएको छ । टीकाको शुभ साइत ११ बजेर ०२ मिनेटमा भए पनि ११ बजेर ५३ मिनेटमा पूर्वराजा ज्ञानेन्द्रले बहिनी शाहीको हातबाट भाइटीका लगाउनु भएको हो ।

उहाँले आफ्ना ज्योतिषले दिएको साइतको समय अनुसार टीका लगाउने गर्नु भएको छ । पूर्व राजा शाह भाइटीका लगाउन कमलादीस्थित बहिनिको निवास शोभा गृह पुग्नु भएको थियो ।