१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


प्रिमियर लिग : सिटीद्धरा युनाइटेड पराजित


0
Shares

एजेन्सी । इंग्लीश प्रिमियर लिग फुटबलमा म्यान्चेस्टर सिटीले म्यान्चेस्टर युनाइटेडलाई २–० ले हराएको छ ।

गएराति युनाइटेडको मैदानमा भएको म्यान्चेस्टर डर्बीमा सिटीलाई विजयी गराउन बर्नार्डो सिल्भाले एक गोल गर्दा म्यान्चेस्टर युनाइटेडका डिफेन्डर एरिक बेइलीले एक आत्माघाति गोल गरेका थिए ।

हारसँगै म्यान्चेस्टर युनाइटेडका प्रशिक्षक ओले गुन सोल्सायरमाथिको दबाब बढेको छ । लिगमा ११ खेलबाट १७ अंक जोडेको म्यान्चेस्टर युनाइटेड तालिकाको पाँचौ स्थानमा रहेको छ ।

समान खेलबाट २३ अंक जोडेको सिटी दोस्रो स्थानमा छ । शिर्ष स्थानको चेल्सीको भने २६ अंक छ । गएरातिको खेलमा चेल्सीले बर्न्लेसँग १–१ गोलको बराबरी खेल्यो । चेल्सीका काइ हाभर्ट्जले पहिलो गोल गरेपनि बर्न्लेका माटेइ भिड्राले बराबरी गोल गरेपछि चेल्सी अंक बाँड्न बाध्य भयो ।