
web pic
काठमाडौं । सल्यानको कपुरकोटको खारखोला नजिकै दुर्घटना हुँदा कम्तिमा सात जनाको मृत्यु भएको छ । सल्यानबाट दाङको तुलसीपुरतर्फ जाँदै गरेको ना २ ख २५५२ नम्बरको यात्रुवाहक बस आज बिहान ११ बजे दुर्घटनामा परेको हो ।
दुर्घटना हुँदा पाँच जनाको घटना स्थलमै मृत्यु भएको हो । घाइतेहरुको उद्धार गरेर अस्पताल लैजाँदै गरेको अवस्थामा बाँकी दुई जनाको मृत्यु भएको जनाइएको छ ।
दुर्घटनामा घाइतेहरु पनि बढी भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ । घाइतेहरुको उद्धार जारी रहेको छ । बस दाङको तुलसीपुरस्थित राप्ती त्रिशिद्धेश्वरी यातायात प्रालिको हो । घटनाबारे थप विवरण आउन बाँकी रहेको छ ।
प्रतिक्रिया दिनुहोस्